प्रधानमन्त्रीको राजनीति कसले समाप्त पार्दैछ ?-Sutra News

प्रधानमन्त्रीको राजनीति कसले समाप्त पार्दैछ ?

शुक्रबार, २४ बैशाख २०७८

शुक्रबार, २४ बैशाख २०७८

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।



उनीहरुबीच सभापति देउवा निवास बूढानीलकण्ठमा आज साँझ भएको भेटवार्तामा आसन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचन, प्रतिनिधिसभामा प्रधानमन्त्रीले लिने विश्वासको मतलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते विश्वासको मत लिदै छन् । त्यसका लागि उनले राजनीतिक भेटवार्ताका साथै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका छन् ।

राजनीतिक दलहरूसँग ओलीले विश्वासको मत दिन आग्रह गरेका छन् । तर दलहरूले भने विश्वासको मत नदिने बताइरहेका छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल लगायतले प्रधानमन्त्री ओलीको राजनीति समाप्त पार्नुपर्ने भनिरहेका छन् ।

प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीका झलनाथ खनाल-माधव नेपाल समूहले पनि साथ दिएका छैनन् । अन्य दलको साथ के अपेक्षा छ र !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट