काठमाडौं- आज देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणाली, पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभावले आज दिउँसो मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आइतबार र सोमबार पनि ठाउँ ठाउँमा हल्का वर्षाको पूर्वानमान गरिएको छ ।