अनुशासन उल्लङ्घन गरेको भन्दै चीनले कारबाही गर्यो सुखभोगी कम्युनिष्ट नेता र कार्यकर्तालाई-Sutra News

अनुशासन उल्लङ्घन गरेको भन्दै चीनले कारबाही गर्यो सुखभोगी कम्युनिष्ट नेता र कार्यकर्तालाई

शनिबार, २५ बैशाख २०७८

शनिबार, २५ बैशाख २०७८

बेइजिङ- भ्रष्टाचार नियन्त्रण सम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ ।



यस वर्षको शुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रत्येक १० वटा मुद्दामध्ये नौ वटा मुद्दा भड्काउ र सुखभोगसँग सम्बन्धित रहेका छन् । आयोगको वेबसाइटमा प्रकाशित विवरणमा अधिकांश मुद्दामा संलग्न व्यक्तिले महङ्गा सामान, नगद उपहार वा गिफ्ट लिएको उल्लेख छ ।

प्रकाशित मुद्दाहरुमध्ये ४६.८ प्रतिशत अनुशासन उल्लङ्घनसँग सम्बन्धित छन् । स्प्रिङ फेस्टिवल, ड्रागन बोट फेस्टिवल, मिड-अटम्न डे र नेसनल डे समेतका प्रमुख चिनियाँ पर्वहरुमा पार्टीका नेताहरुबाट अनुशासन उल्लङ्घन भएको पाइएको छ ।

आयोगले भ्रष्ट अधिकारीहरुमाथि दण्ड सजाय सिफारिस गर्नुका साथै कतिपयलाई चेतावनी दिइएको जनाएको छ । चीनमा पार्टीका नेताहरु नै अधिकांश सरकारी निकायका पदाधिकारी हुने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट