१९ सांसद र १४१ जना संसद सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण-Sutra News

१९ सांसद र १४१ जना संसद सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण

शनिबार, २५ बैशाख २०७८

शनिबार, २५ बैशाख २०७८

काठमाडौं- यही वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि गरिएको पीसीआर परीक्षणमा १९ सांसद र १४१ संघीय संसद सचिवालयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।



बुधबार र बिहीबार गरिको कोरोना परीक्षणमा राष्ट्रियसभाका १ जना गरि १९ जना सांसदलाई संक्रमण पुष्टि भएको हो । केही सांसद यसअघि नै कोरोना संक्रमणका कारण आराम गरिरहेका छन् ।

२०५ सांसद र १०३० संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकिय सचिब, सुरक्षाकर्मी, संससदीय मामिला पत्रकारहरुको पीसीआर परीक्षण भएको थियो ।

ती मध्य १२३४ जनाको रिपोर्ट प्राप्त भएको र संक्रमण अनुपात ११।९७ प्रतिशत रहेको संसद सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट