संवैधानिक परिषद् बैठकमा नजान सस्यहरूलाई प्रचण्डको आग्रह-Sutra News

संवैधानिक परिषद् बैठकमा नजान सस्यहरूलाई प्रचण्डको आग्रह

शनिबार, २५ बैशाख २०७८

शनिबार, २५ बैशाख २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आइतबार बोलाइएको संवैधानिक परिषदको बैठका सहभागी नहुन सदस्यहरुलाई आग्रह गरेका छन् ।



प्रचण्डले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलगत मनसायले प्रधानमन्त्रीले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

प्रचण्डले लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक फेरि संवैधानिक परिषदको बैठक मार्फत आफ्नो स्वेच्छारी चरित्र प्रदर्शन गर्न लागेको बताएका छन् ।

जारी वक्तव्यमा भनिएको छ, ‘प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषदका सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिृक अनुरोध गर्दछ ।’

मुख्य विपक्षी दल नेपाली कांग्रेस पनि सो बैठकमा सहभागी नहुने भएको छ । सभापति शेरबहादुर देउवाले शनिबार बसेको संसदीय दलको बैठकमा सो बारे स्पष्ट पारेका हुन् । कांग्रेसकै केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पनि परिषद्को बैठकमा नजान आग्रह गरेका छन् ।

 

prachanda bigyapti..JPG

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट