कोरोना ग्राफः थप ८४१८ जनामा कोरोना पुष्टि, ५३ को मृत्यु-Sutra News

कोरोना ग्राफः थप ८४१८ जनामा कोरोना पुष्टि, ५३ को मृत्यु

शनिबार, २५ बैशाख २०७८

शनिबार, २५ बैशाख २०७८

काठमाडौं- शुक्रबारको तुलनामा आज शनिबार नेपालमा कोरोना भाइरसको संक्रमित संख्या केही मात्रामा घटेको छ । शुक्रबार ९१९६ जनामा संक्रमण पुष्टि भएको थियो ।



स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार (शनिबार) पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट ५३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय १८ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयकाअनुसार ८ हजार २ सय ८७ जनामा पीसीआर परीक्षणबाट तथा १३१ जनामा एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

यसैगरी गत २४ घण्टामा १७ हजार ३१५ जनाको पीसीआर तथा ९८९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट