काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ ।
शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसहित करिब १०० जनामा गरिएको पिसिआर परीक्षणका क्रममा थापाको रिपोर्ट पोटेजिभ आएको हो ।
थापाले यसबारे सामाजिक सञ्जालबाट जानकारी दिँदै आफूलाई दोस्रोपटक संक्रमण भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘दोस्रोपटक पोजिटिभ ! टेलिफोनमा चासो, जिज्ञासा र शुभकामना दिनेभन्दा यहाँ नै उपस्थिति प्रार्थनीय छ है ! शुभेच्छाका लागि सबैप्रति धन्यवाद ।’