काठमाडौं- संवैधानिक परिषदकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री एवम् परिषद् अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकमा सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने उपस्थित भएका छैनन् ।
परिषद् बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा उपस्थित भएका छन् ।
बहुमत सदस्यको उपस्थितिमा पनि परिषद् बैठक बस्न सक्ने गरी ल्याइएको अध्यादेशविरुद्ध आफैं नेतृत्वको सर्वोच्च अदालतमा मुद्दा सुनुवाईमा रहेका बेला प्रधानन्यायाधीश राणा बैठकमा जान नहुने मत बनिरहेका बेला उनले प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक गरेको तस्बिरमा बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना उपस्थित छन् ।