बुटवल- नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।
आइतबार ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको नेपाली कांग्रेसका सचेतक फखरुदीन खानले जानकारी दिए ।
हाल प्रदेशसभामा ७९ सदस्य कायम रहेकोमा आफूहरुसँग ४० सांसदको समर्थन रहेको भन्दै उनले अल्पमतका बाबजुद प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक कार्य भएको बताए ।