सुन खानीमा पहिरो जाँदा १५ को मृत्यु-Sutra News

सुन खानीमा पहिरो जाँदा १५ को मृत्यु

आइतबार, २६ बैशाख २०७८

आइतबार, २६ बैशाख २०७८

कोनाक्री- पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तरपूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।



रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरु मानिस पनि पुरिएको हुन सक्ने बताएका छन् ।

पहाडको माथिल्लो भागबाट सुरु भएको पहिरो खानीमाथि खसेको थियो ।

पहिरोका कारण खानी भित्र कार्यरत मजदूरहरु थुनिएका वा माथिबाट ढुङ्गाले लागेको हो भन्ने यकिन हुन नसकेको अधिकारीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट