काठमाडौं- कोभिड-१९ संक्रमण भएका सांसदहरूले पनि मत दिन पाउने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिन प्रयोजनका लागि संसदको विशेष अधिवेशन सोमबार बोलाइएको छ ।
त्यसको अघिल्लो दिन आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरूलाई पनि मतदानको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
(२५ वैशाख) शनिबार साँझसम्म २६ जना सांसदहरू संक्रमित भएका छन् ।