काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेट्न नेताहरू सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल प्रधानमन्त्री केपी ओलीको सन्देश लिएर सिंहदरबारस्थित संसद् सचिवालयमा गएका छन् ।
अन्य सांसदहरुसहित आइतबार दिउँसो करिब साढे ३ बजे संसद् सचिवालय पुगेका नेता नेपाललाई भेट्न उनीहरू संसद् सचिवालय पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिदैछन् । त्यसको पूर्वसन्ध्यामा नेपालसहित अन्य सांसदहरूलाई ओलीले आफूपक्षीय सांसद्मार्फत् भेट्न लगाएका छन् ।
पार्टीको आन्तरिक कलहका कारण नेपाल पक्षका सांसदहरूले राजीनामा दिने तयारीमा छन् ।