काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारीअनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।