काठमाडाैं- काठमाडौं उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् ।
यसमध्ये ३ हजार १६१ जना काठमाडौं जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुर ५०४ जना संक्रमित भेटिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।