ओली समूहसँग भेटपछि माधव नेपाल आफूपक्षीय सांसदहरूसँग छलफमा-Sutra News

ओली समूहसँग भेटपछि माधव नेपाल आफूपक्षीय सांसदहरूसँग छलफमा

आइतबार, २६ बैशाख २०७८

आइतबार, २६ बैशाख २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले राजीनामाबारे विचार गर्ने बताएका छन् ।



प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर माधव नेपाललाई भेट्न आइतबार सिंहदरबार पुगेका नेताहरू विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलाई नेपालले त्यस्तो वचन दिएका हुन् । 

प्रधानमन्त्रीले ओलीले आफूहरुको माग पूरा नगरेको भन्दै राजीनामाको तयारीसहित नेपाल पक्षीय सांसदहरु आइतबार दिउँसो संसद् सचिवालय पुगेका थिए । उनीहरुको राजीनामा रोक्ने प्रयासस्वरुप ओलीले नेताहरू नेम्वाङ र पौडेललाई खटाएका हुन् । 

‘पार्टी अध्यक्ष र वरिष्ठ नेता नेपालबीच छलफल भएपछि हामीलाई यहाँ पठाउनु भएको हो । पार्टी एकताका लागि हामी एकजुट छौं तर एकजुट कसरी राख्ने भन्‍ने विषयमा सहमति हुन सकेको छैन । अझै छलफल गर्छौं,’ नेता नेम्वाङले भने । 

नेता नेपाल भने आफू पक्षीय सांसदहरुसँगको छलफलमा जुटेका छन् । संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठक कक्षमा बैठक बसिरहेको छ । नेपाल समूहका प्रत्यक्ष र समानुपातिक सांसदहरू छलफलमा सहभागी छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट