काठमाडौं- गण्डकी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका प्रदेश प्रमुखले ३ दिनको समय दिएकी छिन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गरेसँगै गण्डकीमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको हो ।
गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।