प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप-Sutra News

प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप

आइतबार, २६ बैशाख २०७८

आइतबार, २६ बैशाख २०७८

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।



एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेका हुन् ।

कोरोना संक्रमणका कारण प्रतिकूल अवस्था उत्पन्न भएकोले संसदीय दलको बैठक बस्न नसके पनि प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशनअनुसार ह्वीप जारी गरिएको भट्टराईद्वारा प्रेषित पत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट