माधव समूहलाई ओलीले भने- आफ्नो पार्टी फुटाएर विरोधीहरूका स्वार्थलाई मलजल-Sutra News

माधव समूहलाई ओलीले भने- आफ्नो पार्टी फुटाएर विरोधीहरूका स्वार्थलाई मलजल

आइतबार, २६ बैशाख २०७८

आइतबार, २६ बैशाख २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार ढाल्न प्रयासरत आफ्नै पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहकाे गतिविधिलाई हानिकारक भएको टिप्पणी गरेका छन् ।



आइतबार एक वक्तव्य जारी गर्दै ओलीले उक्त टिप्पणी गरेका हुन् ।

‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्ने जस्ता हानिकारक प्रयास भएका छन्,’ वक्तव्यमा भनिएको छ ।

apil..jpg

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट