काठमाडौं- कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो । जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।