काठमाडौं- संघीय संसद्को बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
विशेष अधिवेशन सुरु भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना दिएकाले त्यस सम्बन्धी प्रक्रिया सुरु गर्न १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
आजको दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै छन् ।