काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले साँझ ५ बजेका लागि बैठक बाेलाएका हुन् ।
संघीय संसदमा उनले विश्वासको मत लिदै छन् ।
विश्वासको मत नपाउने अवस्था देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
एक मन्त्रीले बैठक बोलाइए पनि एजेण्डाका बारेमा जानकारी नभएको बताए ।