काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना महामारीविरुद्धको लडाइँमा सबै एकजुट हुनुपर्नेमा त्यसो हुन नसकेको बताएका छन् ।
प्रतिनिधिसभामा आफ्ना लागि विश्वासको मत माग्दै ओलीले सरकारले कोभिड-१९ विरुद्धको लडाइँमा साथ नपाएको दाबी गरे ।
‘हामी कोभिडविरुद्धको लडाइँमा छौँ, कतिपय कर्नरबाट कोभिडविरुद्धको औषधि खरिदमा भएको भ्रष्टाचारको कुरा उछाल्ने, नभएको कनेक्सन अनुचित ढंगले उठाउने काम भयो,’ उनले भने ।
उनले कोभिडविरुद्ध खोप व्यापक बनाइएको दाबी गरे ।