काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको बताएका छन्।
सोमबार प्रतिनिधिसभामा आफ्ना लागि विश्वासको मत माग्दै ओलीले आफूलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको दाबी गरेका हुन् ।
‘सत्यलाई पछ्याउने हो भने यो सरकार कुनै हिसाबले विश्वास गर्नु नपर्ने सरकार हुँदै होइन,’ उनले भने, ‘भौगोलिक अखण्डताको रक्षा गर्ने, राष्ट्रिय हितलाई सर्वोपरी मानेर व्यवहार गर्ने सन्दर्भमा वर्तमान सरकारले कुनै पनि कसर नराखेको कुरा तस्बिर आफै बोल्छ भनेजस्तै छ ।’