काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान कोभिड रोकथाम र उपचारमा केन्द्रित रहेको बताएका छन् ।
आज संसदमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै ओलीले अहिलेको अवस्थामा विचार र संस्थागत वा कुनै प्रकारमा भिन्नतालाई थाँती राखेर सबै एकजुट भएर लाग्नुपर्ने बताए । यतिखेर आफ्नो पक्षका लागि कुनै हिसाबले प्रयोग गर्न नहुने उनले भनाइ छ ।
‘सरकारमा प्रयासमा साथ सहयोग दिन र सबै पक्ष सञ्चारमाध्यम राजनीतिक दल संघसंस्था एकजुट भएर यस लडाईमा सामेल होऔ,’ ओलीले भने । उनले कोभिड-१९ पराजित गर्ने साझा उत्तरदायित्व बहस गर्न सबैसँग आग्रह पनि गरे ।
उनले स्थिरत र स्थायित्वका सवालमा एकतावद्ध हुनुपर्ने, जनताले देख्ने बुझ्ने र अनुभव गर्नेगरी लाग्नुपर्ने उल्लेख गर्दै भने, ‘तर दुखका साथ भन्नुपर्छ हामी त्यसरी जान सकेनौं ।’
प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भएको उनले आरोप लगाए । कोभिड खोप खरीदमा भ्रष्टाचारमा नभएको कनेक्सनमा जोडेर अनुचित काम भएको उनको दावी थियो ।
‘कोभिडको यस्तो महामारीमा जीवन रक्षा पहिलो प्राथमिकता हो,’ ओलीले भने, ‘साझा समस्याका बेला पनि कसैले भ्रष्टाचार गरेको छ भने क्षम्य हुँदैन । सहन्न । छानविन हुन्छ । पुष्टि भए कारबाही हुन्छ ।’