काठमाडौं- पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी ओलीलाई सदनले विश्वासको मत नदिने स्पष्ट पारेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै प्रचण्डले आफूले विघटन गरेको संसद्सँग विश्वासको मत माग्ने नैतिक अधिकार दाबी गरेका हुन् ।
‘यो सदनले विश्वासको मत दिँदैन,’ उनले भने,‘लोकतान्त्रिक अधिकार भित्रै प्रधानमन्त्री जीले विश्वासको मतको अपिललाई सम्मान गर्न चाहन्छु तर सरकार गठन भए यता गरेका कार्य हेर्दा विश्वासको मत प्राप्त गर्ने स्थिति छैन ।’