काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संसद विघटन गर्न खोजेको आशंका जनतामा भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
प्रचण्डले भने, ‘तपाईंमाथि जनताले फेरि प्रतिनिधिसभा विघटन गर्न खोज्नु भएको होइन भन्ने शंका जनताले गरेका छन् ।,’
समर्थन फिर्ता लिँदा फेरि संसद विघटन गर्ने हुन कि भन्ने डरले आफूहरुले तत्कालै सर्मथन फिर्ता नलिएको प्रचण्डले बताएका छन् ।