काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कुरा सुनेर माग पूरा गर्न अग्रसरता लिएकोमा धन्यवाद दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै ठाकुरले राजनीतिक आन्दोलनका दौरान मुद्धा चलाइएका केहीको मुद्धा फिर्ता लिइएपनि सबैको मुद्धा फिर्ता हुनुपर्ने माग गरे ।
आफूहरु प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको पक्ष वा विपक्ष दुवैमा नभएको उनले प्रष्ट्याए ।