प्रधानमन्त्रीले विश्वासको मत माग्नु नै गलत: उपेन्द्र यादव-Sutra News

प्रधानमन्त्रीले विश्वासको मत माग्नु नै गलत: उपेन्द्र यादव

सोमबार, २७ बैशाख २०७८

सोमबार, २७ बैशाख २०७८

काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्नु नै गलत भएको बताएका छन् ।



प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै यादवले विगतमा आफैंले विघटन गरेको संसदमा विश्वासको मत माग्नु प्रधानमन्त्रीको कमजोरी भएको बताए ।

‘प्रधानमन्त्रीले सहमति गर्नुहुन्छ तर कार्यान्वयन नगरी विश्वासघात गर्नुहुन्छ । जुन संसदलाई असंवैधानिक ढंगले विघटन गर्नुभयो त्यही संसदमा विश्वासको मत माग्दै हुनुहुन्छ । जुन संसदमा तपाईंको आफ्नै विश्वास छैन त्यो संसदले तपाईंलाई किन विश्वासको मत दिने ?’, यादवले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट