काठमाडौं- सोमबार संघीय संसदको बैठक जारी छ । बैठकमा शीर्ष नेताहरूले आफ्नो भनाइ राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको पक्षमा मत दिन आग्रह गरेका छन् । प्रधानमन्त्रीले हालसम्म गरेका कामहरूकाे बेलिविस्तार गरे ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टी, नेपाल (जसपा) लगायतले सरकारको कडा आलोचना गरे ।
उनीहरूले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताए । अहिले विश्वासकाे मतमा मतदान भइरहेकाे छ । तस्बिरमा हेरौं संसदमा शीर्षस्त नेताहरूका हाउभाउ ।