काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भएको उपलिब्धलाई मूल्याङ्कन गर्दै सबै दलका सम्पूर्ण सांसदलाई सर्वसम्मतरुपमा विश्वास मत दिन आग्रह गरेका छन् ।
संघीय संसद्को प्रतिनिधिसभाको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग विश्वासको मत मागेका हुन् ।
‘सबै दलका सबै सांसदहरुसँग म विश्वासको मत दिन आग्रह गर्दछुु’ ,प्रधानमन्त्री ओलीले भने, ‘मलाई सर्वसम्मतरुपमा विश्वास दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’
प्रधानमन्त्री ओलीले आफू तीन वर्षदेखि सदनकै बलमा उभिएको उल्लेख गर्दै भने, ‘तीन वर्षमा देशमा धेरै उपलब्धिहरु हासिल भएका छन्, हुन्न भन्ने पक्षमा कसरी मतदान गर्न सक्नुहुन्छ ? मेरो कसैप्रति आग्रह र पूर्वाग्रह छैन ।’
प्रतिनिधिसभा पुनःस्थापनापछि पनि आफूलाई संसद्ले विश्वास गरेको स्मरण गर्दै उनले पार्टी अलग हुँदासमेत विश्वासको मत फिर्ता नलिई बलियो समर्थन गरिएको बताए ।
वर्तमान समया कोभिड-१९बाट नागरिकलाई बचाउनका लािग सरकार लागिरहेको समेत स्पष्ट पारे । उनले त्यसका लागि धेरै प्रयास भइरहेको र कोभिडलाई सहज पराजित गर्नका लागि दूरी कायम गरी बस्नसमेत आग्रह गरे ।