अफगानिस्तानमा फेरि १३ जना सर्वसाधारण मारिए, ३७ जना घाइते-Sutra News

अफगानिस्तानमा फेरि १३ जना सर्वसाधारण मारिए, ३७ जना घाइते

सोमबार, २७ बैशाख २०७८

सोमबार, २७ बैशाख २०७८

काबुल- युद्धग्रस्त मुलुक अफगानिस्तानको जाबुल र परवान प्रान्तमा भएका दुई अलगअलग बिस्फोटमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ । प्रहरीकाअनुसार आइतबार भएका यी बिस्फोटमा अरु ३७ जना घाइते भएका छन् ।



अफगानिस्तानको गृह मन्त्रालयका अनुसार जाबुलमा ११ जना सर्वसाधारणको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् । सडक किनारामा बिछ्याइएको बारुदी सुरुङ बिस्फोटबाट सर्वसाधारण हताहत भएका हुन् ।

आइतबार बेलुकीपख जाबुलको शहर-ए-साफा जिल्लामा एउटा यात्रुबाहक बसलाई लक्षित गरी उक्त बिस्फोटन भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, सोमबार बिहान परवान प्रान्तको पुल-ए-मटाक क्षेत्रमा पनि यात्रुबाहक बसलाई लक्षित गरी बारुदी सुरुङ बिस्फोट गराउँदा दुई जनाको मृत्यु भएको छ भने अरु नौ जना घाइते भएका छन् ।

परवान अस्पतालका प्रमुख डा.कासिम साङ्गिनले घाइतेहरुलाई नजिकका अस्पतालमा भर्ना गरिएको जानकारी दिए । उक्त घटनामा महिला र बालबालिका बढी घाइते भएका छन् ।

सरकारी पक्षले उक्त घटनाहरु तालिबान विद्रोही समूहले गराएको आरोप लगाए पनि तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट