काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएनन् । जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो । पक्षमा ९३ मत मात्र पाएका छन् ।
विपक्षमा १२४ मत र प्रस्तावको मत दिन्न भन्नेमा १५ मत परेको छ । विश्वासको पक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि एमालेका २८ सांसद अनुपस्थित थिए । एमालेका कुल १२१ जना सांसद थिए ।
एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका हुन् । खनाल-नेपाल समूहले आफ्ना समूहका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो ।
प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्रीले राख्नुभएकाे
विश्वासकाे मत विभाजनकाे परिणाम –
प्रस्तावकाे पक्षमा- ९३
विपक्षमा- १२४
तटस्थ- १५
अनुपस्थित – २७
जम्मा उपस्थित – २३२— Surya Thapa (@ThapajiSurya) May 10, 2021