काठमाडौं उपत्यकामा थप ३ हजार ६०७ जनामा कोरोना-Sutra News

काठमाडौं उपत्यकामा थप ३ हजार ६०७ जनामा कोरोना

सोमबार, २७ बैशाख २०७८

सोमबार, २७ बैशाख २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६०७ जना संक्रमित थपिएका छन् ।



काठमाडौंमा २ हजार ७७५, भक्तपुरमा ३२७ र ललितपुरमा ५०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर ९३ हजार १४१ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ४ हजार ७ जना डिस्चार्ज भएका छन् ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट