काठमाडौं- मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
विश्वासको मत लिने प्रयोजनका लागि आज (२७ वैशाख) सोमबार अधिवेशन बोलाइएको थियो ।