अब अक्सिजन सिसिएमसीले उपलब्ध गराउने-Sutra News

अब अक्सिजन सिसिएमसीले उपलब्ध गराउने

सोमबार, २७ बैशाख २०७८

सोमबार, २७ बैशाख २०७८

काठमाडौं- अब कोभिड-१९ का संक्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमी) ले गर्ने भएको छ ।



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले आज सूचना जारी गर्दै देशभरिका अस्पतालमा अक्सिजनको आवश्यकताको आधारमा सिसिएमसीले उपलब्ध गराउने जानकारी दिए ।

यसअघि संक्रमितका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन अस्पताललाई मन्त्रालय गर्ने गरेको थियो ।

‘मन्त्रालयको तथ्याङ्कमा आधारित रही देशभरका अस्पतालमा अक्सिजनको आवश्यकतामा आधारमा वितरण व्यवस्थापन सिसिएमसीबाट गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ’ सूचना भनिएको छ ।

आइतबार मात्र सिसिएमसीले संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन अस्पतालमा सहज उपलब्ध गराउनका लागि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको थियो ।

अहिले २७ हजार ७६१ अक्सिजन सिलिण्डर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट