नरिवलकाे पानी पिउँदा यस्ता फाइदा-Sutra News

नरिवलकाे पानी पिउँदा यस्ता फाइदा

मंगलबार, २८ बैशाख २०७८

मंगलबार, २८ बैशाख २०७८

उच्च रक्तचापलाई सन्तुलित राख्छ 



नरिवल पानी आफैंमा गुणी फल हो । यससँगै नरिवल पानीले उच्च रक्तचापका बिरामीलाई रामबाण झै काम गर्छ । यसमा पाइने विभिन्न प्रकारका पदार्थले प्रेसरलाई नियन्त्रणमा राख्छ । नरिवलको पानी पिउनाले कोलेस्ट्रोल पनि बढ्दैन ।

मधुमेहका बिरामीका लागि लाभदायक 

नरिवल पानीले उच्च रक्तचापलाई मात्र नभई मधुमेहको समस्या भएका व्यक्तिलाई पनि फाइदा गर्छ । नरिवल पानीले रगतमा भएको ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ । यसले गर्दा मधुमेह जस्तो रोग लाग्नबाट बचिन्छ ।

रोग प्रतिरोधात्मक क्षमता विकास

नरिवल पानीले हाम्रो रोग प्रतिरक्षा क्षमतालाई बलियो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता बलियो भए कुनै पनि किसिमको रोग लाग्न पाउँदैन ।

भाइरल इन्फेक्सन हुन दिदैन

नरिवल पानी नियमित पिउँदा भाइरल इन्फेक्सन हुँदैन । यसमा एन्टिभाइरस र एन्टिब्याक्टेरियल गुण पाइन्छ । यसले कुनै पनि प्रकारको इन्फेक्सन हुन दिँदैन ।

अनिन्द्राको समस्यालाई कम गर्छ

आजभोलि शहरी अस्तव्यस्त जीवनशैलीको कारणले धेरैलाई अनिन्द्राको समस्या हुन्छ । अनिन्द्राको समस्या भएका व्यक्तिले नियमित रूपमा आधा गिलास नरिवल पानी सेवन गरेपछि निन्द्रा पर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट