कांग्रेस नेताहरूको नौटंकी फेरि देखिँदैछः महेश बस्नेत-Sutra News

कांग्रेस नेताहरूको नौटंकी फेरि देखिँदैछः महेश बस्नेत

मंगलबार, २८ बैशाख २०७८

मंगलबार, २८ बैशाख २०७८

काठमाडौं- सांसद महेश बस्नेतले ७१ वर्षपछि कम्युनिस्टहरूले प्राप्त गरेको सत्ता अरूलाई दिलाउन प्रचण्ड लागि परेको आरोप लगाएका छन् ।



त्यस्तै उनले ‘सत्तामा रहँदा भ्रष्टाचार, अनियमितता र कुशासन दिने नेपाली कांग्रेसका नेताहरूको नौटंकी फेरि देखिन’ थालेको टिप्पणी गरेका छन् ।

नेकपा एमाले केपी ओली पक्षमा बस्नेतले ७ बुँदामा फेसबुकमा आफ्ना भनाइ राख्दै बस्नेतले माधव नेपालदेखि डा.बाबुराम भट्टराईसम्मको आलोचना गरेका छन् ।

१.७१ वर्ष पछाडि कम्युनिष्टहरूले प्राप्त गरेको सत्ता दक्षिणपन्थीको पाउमा चढाउन कम्मर कसेर लागेका प्रचण्डहरुको क्रान्तिकारीपन पनि देखियो ।

२. जनताको प्यारो पार्टी फुटाएर भएपनि उग्रवामपन्थी र दक्षिणपन्थीको घोडा बन्न तयार माधव नेपालहरुको विधि र अनुशासन पनि देखियो ।

३. विगतमा सत्तामा रहँदा भ्रष्टाचार, अनियमितता र कुशासन दिने कांग्रेस नेताहरूका नौटंकी फेरि देखिँदैछ ।

४. पद र पैसा भने पछि जीउज्यान छाड्ने आफू मन्त्री होउन जेल त्यही सरकार क्रान्तिकारी र आफू भ्रष्ट र असफल भएर फालिएपछि प्रतिगामी, संविधान संशोधन र मधेसी आन्दोलनका मुद्दामा मतलब छैन । कुर्सिको लागि जे पनि गर्ने उपेन्द्र यादवको मधेस मोह पनि हेरियो ।

५. आठ वटा पार्टी फेरेर प्रवेश गरेको जसपालाई फोर्न प्रचण्ड र रामचन्द्रहरूको गोटी बन्ने आफ्नो सांसदहरूलाई एक ठाउँमा राख्न नसक्ने अनि प्रधानमन्त्री र राष्ट्रपतिलाई सराप्ने बाबुरामको कुण्ठा पनि देखियो ।

६. राष्ट्रियता जनताको विकास, समृद्धि र कोभिडको महामारीविरुद्ध सशक्त नेतृत्व दिन सक्ने एमाले र प्रधानमन्त्री केपी ओली नै हो, कुनै भ्रममा नपरी अभियान बनाएर लागौं ।

७. स्याल हुँइया गर्नेहरूको भविश्य छैन, आवश्यक प्रतिरोध गरौं ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट