किन खाने काँक्रो ?-Sutra News

किन खाने काँक्रो ?

मंगलबार, २८ बैशाख २०७८

मंगलबार, २८ बैशाख २०७८

शक्ति दिन्छ 



काँक्रो खाँदा शरीरमा शक्ति प्राप्त हुन्छ । काँक्रोले कोलेस्ट्रेलको स्तरलाई कम गर्छ । यसले गर्दा हृदय सम्बन्धीत रोगबाट पनि बच्न सकिन्छ ।
  
तौल घटाउँछ 

तौल घटाउनको लागि सबैभन्दा जरुरी हुन्छ क्यालोरीलाई घटाउन, जसको लागि काँक्रो उपयुक्त हुन्छ । काँक्रोमा क्यालोरीको मात्रा शुन्य हुन्छ । काँक्रालाई हामीले सिधै काटेर वा सलादको रुपमा दैनिक खान सक्छौं । 
 
कोलेस्ट्रोललाई नियन्त्रण गर्छ 

काँक्रामा कोलेस्ट्रोलको मात्रा हुँदैन । यसमा भएको स्ट्रेरोल तत्वले कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्छ । मुटुका बिरामीले दैनिक रुपमा काँक्रा खानु फाइदा हुन्छ । 

पाचन शक्ति बलियो बनाउँछ

काँक्रोमा फाइबर अत्यधिक पाइन्छ । यसले कब्जियतबाट मुक्ति दिन्छ । यसका साथै पेटसँग सम्बन्धीत अन्य रोगलाई पनि न्युनिकरण गर्छ । 

पथ्थरी हुनबाट बचाउँछ

दैनिक खानासँगै काँक्रो खानाले पथ्थरी हुनबाट बचिन्छ । यसले पित्तथैली र मिर्गौलामा हुने पथ्थरीबाट बचाउँछ । काँक्रोको रसलाई दैनिक २/३ पटक पिउनु राम्रो मानिन्छ । 
  
क्यान्सरबाट जोगाउँछ 

दैनिक काँक्रो खानाले क्यान्सर हुने जोखिम कम हुन्छ । काँक्रोमा भएको तत्वहरुले सबै प्रकारका क्यान्सरको जोखिमलाई रोकथाम गर्छ । 

उच्च रक्तचापलाई नियन्त्रण गर्छ 

उच्चरक्तचापबाट बच्नको लागि काँक्रा खानु राम्रो हो । यसमा भएका पानीको मात्राले शरीरलाई चिसो बनाइ राख्छ । 

महिनावारीकाे पीडा कम गर्छ

महिनावारीको समयमा अत्यधिक पीडा हुनेले दहीमा काँक्रालाई मिसाई त्यसमा पुदिना, नुन, कालो मरिच, जिरा र हिङ हालेर खाँदा पीडाबाट मुक्ति मिल्छ ।

छालालाई चम्किलो बनाइ राख्छ

काँक्रालाई खानुका साथै यसको रसलाई अनुहारमा लगाउँदा स्किन समस्याबाट बचाइराख्छ । छालालाई ताजा र चम्किलो बनाइराख्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट