काठमाडौं उपत्यकामा निषेधाज्ञा थपियो, बिहे गर्न पनि नपाइने -Sutra News

काठमाडौं उपत्यकामा निषेधाज्ञा थपियो, बिहे गर्न पनि नपाइने 

मंगलबार, २८ बैशाख २०७८

मंगलबार, २८ बैशाख २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप दुई साता थप्ने निर्णय भएको छ ।



काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीकाअनुसार अब हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका कार्यालयसमेत बन्द गरिने छ ।

होटल र पार्टी प्यालेसमा हुने विवाहमा पनि रोक लगाइएको पराजुलीले बताए । उनले भने, ‘होटल, पार्टी प्यालेसमा भइरहेका बिहे अब रोक्ने निर्णय भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाको दायरा फराकिलो पार्ने निर्णय गरेको हो ।

पराजुलीकाअनुसार अत्यावश्यक सामग्री खरिदमा भीडभाड भएकाले बिहान १० बजेसम्म खुला गरिने भएको छ । यसअघि ९ बजेसम्म मात्र खुला गर्न दिइएको थियो ।

काठमाडौं उपत्यकामा यसअघि जारी दुई साताको निषेधाज्ञा समय बुधबार राति १२ बजे सकिँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट