खोपमा भ्रष्टाचार भयो भन्नेहरूलाई स्वास्थ्यमन्त्रीले दिए कडा चेतावनी-Sutra News

खोपमा भ्रष्टाचार भयो भन्नेहरूलाई स्वास्थ्यमन्त्रीले दिए कडा चेतावनी

मंगलबार, २८ बैशाख २०७८

मंगलबार, २८ बैशाख २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपमा भ्रष्टाचार भयो भन्ने नेताहरूलाई कडा चेतावनी दिएका छन् ।



सोमबारको संघीय संसद्मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतले कोरोना भाइरसविरुद्धको खोप खरिदमा व्यापक भ्रष्टाचार भएको भन्दै सरकारको आलोचना गरेका थिए ।

मंगलबार पत्रकार सम्मेलन गरेर मन्त्री त्रिपाठीले खोप खरिदका विषयमा ‘सोचेर मात्र बोल्नुस्’ भन्दै ती नेताहरूप्रति झोक्किए । मन्त्री त्रिपाठीले खोप आयातमा सरकारले एक पैसा पनि कसैलाई कमिसन नदिएको स्पष्ट पारे ।

‘बोल्न त बोल्नुस्, बुझेर मात्र बोल्नुस् । अनर्गल, झुटा अफवाह र आत्मरतिका लागि नबोल्नुस्’,मन्त्री त्रिपाठीले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट