ल्याइयाे ४०० वटा अक्सिजन सिलिन्डर-Sutra News

ल्याइयाे ४०० वटा अक्सिजन सिलिन्डर

मंगलबार, २८ बैशाख २०७८

मंगलबार, २८ बैशाख २०७८

काठमाडौं- सरकारले चीनबाट ४०० वटा अक्सिजन सिलिन्डर ल्याएको छ । नेपाल एयरलाइन्सको जहाजबाट मंगलबार बेइजिङबाट सिलिन्डर नेपाल ल्याइएको हो ।



कोरोना भाइरसका कारण देशभर अक्सिजनको हाहाकार भए पनि त्यसको पूर्ति गर्नका लागि चीनबाट अक्सिजन सिलिन्डर ल्याइएको हो ।

यस्तै चीनबाट १६० वटा अक्सिजन कसन्टेटर, १० थान भेन्टिलेटर समेत ल्याइएको छ । सरकारले चीनको अनुदानमा २० हजार अक्सिजन सिलिन्डर ल्याउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट