कोरोना संक्रमित उद्धारका लागि हेलिकप्टर चाहिए यी नम्बरमा सम्पर्क गर्नूस् -Sutra News

कोरोना संक्रमित उद्धारका लागि हेलिकप्टर चाहिए यी नम्बरमा सम्पर्क गर्नूस् 

मंगलबार, २८ बैशाख २०७८

मंगलबार, २८ बैशाख २०७८

काठमाडौं । हवाइसेवा सञ्चालकहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले कोरोना संक्रमितको उद्धारको लागि हेलिकप्टर चाहिएमा आवश्यक पर्ने फोन नम्बर सार्वजनिक गरेको छ ।



नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीहरुलाई अतिरिक्त भाडा घटाउन निर्देशन दिँदै बिचौलिया हटाउन आग्रह गर्दै हेलिकप्टर कम्पनीलाई फोन नम्बर सार्वजनिक गर्न निर्देशन दिएपछि संघले आवश्यक फोन नम्बर सार्वजनिक गरेको हो ।

प्राधिकरणको निर्देशनअनुसार वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमितको उद्धारका नाममा बढी भाडा नलिन आफ्ना सबै सदस्य कम्पनीलाई संघले अनुरोध गरेको छ ।

वायुसेवा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना संक्रमितको उद्धार उडानमा खटिएको स्मरण गराउँदै संघले नियामक क्यानको नीति नियममा रहेर उडान गरिरहेको स्पष्ट पारेको छ ।

संघले तीन वर्षअघि क्यान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको एएस ३५० हेलिकोप्टरको युएस डलर १ हजार ५ सय प्रतिघण्टा एवम् रोविन्सन्स हेलिकोप्टरहरूको युएस डलर १ हजार प्रतिघण्टा दरभाउमा उडान गर्दै आइरहेको र हाल सो दरभन्दा कममा उडान गरिरहेको जनाएको छ ।

यदि बढी रकम लिएको र गलत गरेको थाहा पाएमा संघ र क्यानमा सम्पर्क गरी गुनासो एवम् जानकारी गराई दिनसमेत सबैमा अनुरोध गरेको छ । कोभिड उद्धार उडान गर्ने कम्पनी एवम् आधिकारिक व्यक्तिहरूको सम्पर्क नंः १. अल्टिच्युड एयर प्रालि ९८०१२४९९१७, ९८०१२४९९०७, ०१–४४८९३०० २. हेली एभरेष्ट प्रालि ९८४१५५७५०९, ९८१३२४०१३९, ०१–४११३०३६ ३. कैलाश हेलिकोप्टर प्रालि ९९८५१०३००१३, ९८५११२९२५४, ०१–५९००५०१ ४. मनाङ एयर प्रालि ९८०११८०४६२, ९८०११८०४६३, ०१–४४८८०१६ ५. श्री एयरलाइन्स प्रालि ९८५१०२६१९७, ९८०२३०००२३, ९८५१०१२५०५ ६. सिम्रिक एयर प्रालि ९८५१०१०६९६, ९८५१०१०६९८, ७.४१५५३४०

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट