पदाधिकारी बैठकः कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने [भिडियोसहित]-Sutra News

पदाधिकारी बैठकः कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने [भिडियोसहित]

मंगलबार, २८ बैशाख २०७८

मंगलबार, २८ बैशाख २०७८

काठमाडौं- नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउन लागि पर्ने निर्णय गरेको छ । सभापति देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।



पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयसीमाभित्र सभापति देउवाको नेतत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास लिएको छ ।

बैठकपछि सहमहामन्त्री प्रकाश शरण महतले माओवादी केन्द्र कांग्रेसलाई सघाउनेबारे स्पष्ट रहेको र अन्तिम समयसम्मा जसपा पनि एकजुट हुने विश्वास व्यक्त गरे ।

नेकपा एमालेको माधव नेपाल समूहले पनि तोकिएको समयभित्र एउटा निकास दिने भएकाले पार्टीको नेतत्वमा सरकार बन्ने पर्याप्त आधार रहेको नेता महतको दाबी छ ।

प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादीको ४८ र जसपाको ३२ सांसद छन् ।

राष्ट्रपतिले दिएको समयसीमाभित्र दुई वा दुई भन्दा बढी दलले बहुमतसहित दावी पेश नगरेमा संविधानको धारा ७६ (३) अनुसार सरकार निर्माणको बाटो खुला हुनेछ ।

उक्त धारामा संसदको सबैभन्दा ठूलो दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री बनाउन सक्ने प्रावधान रहेको छ । 

भिडियो पनि हेर्नुस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट