काठमाडौं उपत्यकामा थपिए ३९२७ कोरोना संक्रमित-Sutra News

काठमाडौं उपत्यकामा थपिए ३९२७ कोरोना संक्रमित

मंगलबार, २८ बैशाख २०७८

मंगलबार, २८ बैशाख २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा थप ३ हजार ९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीकाअनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यसमध्ये काठमाडौंमा मात्र २ हजार ७ सय ८८, ललितपुरमा ६ सय २ र भक्तपुरमा ५ सय ३७ जना थपिएका हुन् । मन्त्रालयकाअनुसार अहिले काठमाडौं उपत्यकामा ४० हजार २ सय २२ कोरोना भाइरसका सक्रिय संक्रमित छन् ।

काठमाडौंमा मात्रै २९ हजार १ सय ४४ जना सक्रिय संक्रमित छन् । त्यस्तै भक्तपुरमा ४ हजार ५ सय १९ र ललितपुरमा ६ हजार ४ सय ४९ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट