देउवालाई थापाले भने- सांसद किनबेच गरेर सरकार बनाउने गलत अभ्यासले कांग्रेसको भलो गर्दैन-Sutra News

देउवालाई थापाले भने- सांसद किनबेच गरेर सरकार बनाउने गलत अभ्यासले कांग्रेसको भलो गर्दैन

मंगलबार, २८ बैशाख २०७८

मंगलबार, २८ बैशाख २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अपवित्र गठबन्धन बनाएर सरकार बनाउने संस्कारले प्रजातन्त्र विकृत हुने बताएका छन् ।



नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल (जसपा) नयाँ सरकार गठनको कसरतमा लागिरहँदा अध्यक्ष थापाले मंगलबार साँझ उक्त प्रतिक्रिया व्यक्त गरेका हुन् ।

अध्यक्ष थापाले कांग्रेस सभापति शेरबहादुर देउवालाई मेन्सन गर्दै भने, ‘अपवित्र गठबन्धन बनाएर, पार्टी फुटाएर, सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार/अभ्यासले कंग्रेसको भलो गर्दैन, प्रजातन्त्र विकृत हुन्छ ।’

निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६ महिनाभित्र चुनाव गर्नुपर्ने अध्यक्ष थापाको भनाइ छ । विद्यमान संकटको समाधान नै चुनाव भएको थापाको तर्क छ ।

सम्पूर्ण राष्ट्रिय शक्ति र स्रोत कोरोना महामारीविरुद्ध केन्द्रित गर्न आग्रह गर्दै थापाले राष्ट्रिय संकल्प र प्रयास भयो भने केही महिनाभित्र कोरोनाको कहरबाट देशले मुक्ति पाउन सक्ने पनि ट्वीटरमा उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट