कोभिडविरुद्ध जुटे डोल्पाली-Sutra News

कोभिडविरुद्ध जुटे डोल्पाली

मंगलबार, २८ बैशाख २०७८

मंगलबार, २८ बैशाख २०७८

कर्णाली- दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणविरुद्ध डोल्पामा कार्यरत कर्मचारी जुटेका छन् ।



जुम्ला घर भई डोल्पाका विभिन्न सरकारी निकायमा कार्यरत कर्मचारी तथा व्यवसायीले कोरोना संक्रमणसँग जुध्न आज विपद् व्यवस्थापन समिति गठन गरेका छन् ।

जुम्ला निवासी कृषि विकास बैंक डोल्पाका शाखा प्रबन्धक गोर्खबहादुर बुढ्थापाका संयोजकत्वमा ११ सदस्य विपद् समिति गठन गरिएको छ ।

समितिले कर्मचारी तथा व्यवसायीबाट प्रतिव्यक्ति रु पाँच हजार संकलन गर्ने र कोभिडको सम्भावित विपद् व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको संयोजक बुढ्थापाले जानकारी दिए ।

बुढ्थापाले भने, ‘कोभिड संक्रमित भइहाले बिरामीलाई तल लैजान डोल्पामा हेलिकप्टरको विकल्प छैन । त्यसैले रु दुईतीन लाख जम्मा हुने गरी कोष खडा गरेका छौंँ । यो महामारीमा पूर्वतयारी नगरे जो कोहीको ज्यान जान सक्छ ।’

पत्रकार महासंघ जुम्लाको आफ्नै आइसोलेशन

नेपाल पत्रकार महासंघ जुम्लाले पाँच शय्याको आइसोलेशन तयार गरेको छ ।

कर्णालीको अवस्था भयावह बन्दै गएपछि पत्रकारलाई सम्भावित खतराबाट जोगाउन पूर्वतयारीस्वरुप महासंघले आइसोलेशन तयार गरेको अध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट