आज विश्व नर्स दिवस, कोरोनाकहरले समस्यामा नर्स-Sutra News

आज विश्व नर्स दिवस, कोरोनाकहरले समस्यामा नर्स

बुधबार, २९ बैशाख २०७८

बुधबार, २९ बैशाख २०७८

काठमाडौं- आज मे १२ तारिख विश्व नर्स दिवस । विश्व कोरोना कहरले आक्रान्त भइरहेका बेला यस वर्षको नर्स दिवसमा विरोनाविरुद्धको चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।



विश्वव्यापी महामारीको यो बेला नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रित गरिएको छ ।

शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ ।

आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ । ‘लेडी विद् दि ल्याम्प’को उपनामले परिचित नाइटिङ्गेल सन् १८२० मा ब्रिटेनमा जन्मिएकी थिइन ।

नाइटिङ्गेलले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज सञ्चालन गरेकी थिइन जुन नर्सिङ क्षेत्रमा आधुनिक र व्यवसायिक नर्सिङ सेवाको रुपमा मानिन्छ ।

अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट