काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेकै वरिष्ठ नेता माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)प्रति कडा टिप्पणी गरेका छन् ।
थापाले तत्कालीन नेकपाकालमा नेपाल र प्रचण्डले सरकार सञ्चालनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग नगरेको आरोप लगाउँदै नेपाली कांग्रेस पार्टीलाई समेत खोट लगाएका छन् ।
नेपाल र प्रचण्डले सामन्त प्रवृत्ति अंगालेको, जनताको नभई आफ्नै वर्गको मात्र सेवा गरेको, आफ्नै दलको प्रधानमन्त्रीले विश्वासको मत माग्दा मसूह बनाएर असहयोग गरेको, आफूलाई युगपुरूष र राष्ट्रनायक भनाएको थापाको टिप्पणी छ ।
‘सामन्तको आफ्नै रवाफ परिचय हुन्छ, जालीझेली र चोरको झन् आफ्नै चिनारी बनेको हुन्छ, दलालले दलाली गर्छ, अरू केही गर्दैन, कम्युनिष्टले अरू कसैको सेवा गर्दैन, आफ्नो वर्गको सेवा गर्छ,’ थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ सच्चा कांग्रेसले ज्यान जाला अरूलाई नेता मान्दैन र चुनावमा रूखबाहेक अन्यत्र भोट हाल्दैन ।’
०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा प्रचण्डले भतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाललाई जिताएको थापाले दाबी गरेका छन् ।
सुकुलगुण्डा प्रवृत्ति !https://t.co/NYHmVja5Ew
— Surya Thapa (@ThapajiSurya) May 12, 2021