दल विभाजन अध्यादेश पास गरेको भए माधवहरूको यो हालत हुने थिएन: महेश बस्नेत -Sutra News

दल विभाजन अध्यादेश पास गरेको भए माधवहरूको यो हालत हुने थिएन: महेश बस्नेत 

बुधबार, २९ बैशाख २०७८

बुधबार, २९ बैशाख २०७८

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले दल विभाजन सम्बन्धी पहिले ल्याएको अध्यादेशको अहिले औचित्य पुष्टि भएको दावी गरेका छन् ।



‘राजनीति विचार, आस्था र विश्वासको कुरा हो,’ बस्नेतले फेसबुकमा लेखेका छन्, ‘कुनै नेता या पार्टी मन नपर्दा छुट्टिन पाउनु पर्दछ । यो लोकतान्त्रको सुन्दर पक्ष हो । तसर्थ यसलाइ प्रचण्डसँग मिलेर दाउपेचको राजनीतिको विषय गर्ने क.माधव नेपाल आफ्ना सांसदहरुलाई राजीनामा दिने तहमा पुग्नुभयो । प्रधानमन्त्रीले ल्याएको अध्यादेशलाई पास गरेको भए सांसदहरूको यो हालत हुने थिएन कि !’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट