फिलिपिन्समा ५.८ म्याग्नीच्यूडको भूकम्प-Sutra News

फिलिपिन्समा ५.८ म्याग्नीच्यूडको भूकम्प

बुधबार, २९ बैशाख २०७८

बुधबार, २९ बैशाख २०७८

मनिला- भूकम्पीय जोखिममा रहेको देश फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधबार ५.८ म्याग्नीच्यूडको भूकम्प गएको छ ।



फिलिपिन्सको भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ९.०९ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ११० किलोमिटर गहिराईमा रहेको थियो ।

केन्द्रले यस भूकम्पबाट थप परकम्पहरु उत्पन्न हुन सक्ने भए पनि त्यति क्षति नगर्ने जनाएको छ । यस भूकम्पको धक्का मेट्रो मनिलामा पनि अनुभव गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट